1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सवा १२ अर्बको सेयर कारोबारमा नेप्से ३६.८३ अंकले घट्यो

12
9

आजको सेयर कारोबारमा नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको छ, जुन १.३२ प्रतिशतको गिरावट हो। बजारमा कुल ५३ कम्पनीका मूल्य बढे, जबकि १८८ कम्पनीका मूल्य घटे। दुई कम्पनीको मूल्य स्थिर रह्यो। कुल १३ उपसमुहमध्ये म्युचुअल फन्डले ०.१० प्रतिशतको वृद्धि देखाएको छ भने अन्य सबै उपसमुहमा गिरावट आएको छ।


जिवन बिमा २८८.८१ अंक, निर्जीवन बिमा २५२.३३ अंक र होटल तथा पर्यटन १३२.५० अंकले घटेको छ। कुल १ लाख ४६ हजार २०४ पटकको सेयर किनबेच भएको छ, जसमा २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर कारोबार गरिएको छ। यस कारोबारबाट १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ।


कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो भने थ्री स्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ।

4
3