संकल्प सञ्चार / भक्तपुरको गट्ठाघरमा हिजाे भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरले एक विज्ञप्ति निकालेकाे छ ।
विज्ञप्तिमा स्कुटर चालक महिला नभएर अन्दाजी ४०/४५ बर्षका पुरुष रहेकाे बताईएकाे छ । उनकाे अझै सनाखत भने भएकाे छैन । हिजाे शम्भु नेपाली नाम गरेका एक ब्यक्तिले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही अनुसार विवरण सार्वजनिक गरेको थियो।
परिसरले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ २०८१/०४/३१ गते १३:४० बजेको समयमा ठिमी नगरपालिका ३ गठ्ठाघरमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी ४० ४५ वर्षको पुरुषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ भने दुर्घटना गराउने सवारीसाधन ट्रकलाई उपत्यका प्रहरी ससस्त्र प्रहरी गण महाराजगन्जमा राखिएकाे छ । ट्रक चालक पनि प्रहरी नियन्त्रणमा रहेकाे विज्ञप्तिमा भनिएकाे छ ।