1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

बाँसको तामाको सेवानले मानव स्वास्थ्यमा हुने फाईदा यस्ता छन्

12
9

झापा / अहिले बर्षा याममा बजारमा उपलब्ध हुने तरकारीहरु मध्ये धेरैको रोजाइ बाँसको तामा हुने गर्दछ । खाँदा स्वादिस्ट र  स्वास्थ्यका दृष्टिकोणले पनि तामालाई बहुउपयोगी मानिन्छ । तामाको अचार होस् वा यसबाट बन्ने अन्य परिकार किन नहोस् निकै स्वादिलो हुने भएकोले  अहिलेको समयमा  धेरैको भान्सामा तामाको परिकार पाईन्छ ।

आज हामी तामाको परिकारको सेवनले मानव स्वास्थ्यमा हुने फाइदाहरु के के छन्  चर्चा गर्ने छोै । तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ ।

बाँसको तामाले मानव स्वास्थ्यमा पुर्याउने फाइदाहरु यसप्रकार छन् ‌‍‌‍

बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।
यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ ।
विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ ।
यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्‍याउछ ।
यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।
तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ ।
ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ ।
पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ ।
रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ ।
 पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
 नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।
आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।
फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।
श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।
बाँसको तामा मात्र होइन, पात पनि विभिन्न हर्बल बनाउन प्रयोग गरिन्छ ।

4
3