झापा / इजरायलले हमासविरुद्ध शुरु गरेको शक्तिशाली अपरेशनमा गाजाको खान युनिस सहरमा गरेको आक्रमणमा ७० जनाको मृत्यु भएको छ।
इजरायली हवाई आक्रमणमा ७० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले हमासविरुद्धको अपरेशन सुरु गर्ने भन्दै खान युनिसको एक आवसीय क्षेत्र खाली गर्न चेतावनी जारी गरेको थियो।
खान युनिस क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण भएको भन्दै इजरायलले सो क्षेत्र खाली गराउन चेतावनी दिए लगत्तै उक्त क्षेत्रमा हवाई आक्रमण भएको हो। ठूलो मात्रामा गरिएको बमबारीमा आतंकवादी समूह हमासको गढ ध्वस्त पारिएको इजरायली सेनाले दाबी छ।
इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या ४० हजार नागिसकेको अधिकारीहरुको भनाइ छ । इजरायली आक्रमणपछि यस क्षेत्रका अस्पताल तथा विश्व स्वास्थ्य संगठनले चलाएको स्वास्थ्य केन्द्रको सेवा पनि ठप्प भएको छ।