झापा। यस बर्षकाे डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका सञ्चारकर्मीद्वय झुलन रेग्मी र डिकेश लामा सम्मानित भएका छन् । ४२ हजार रूपैया राशि र सम्मान पत्र सहित बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार रेग्मी र लामालाई प्रदान गरिएको हो ।
माओवादी जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट २०५९ साल साउन ७ गते चारआलीस्थित नेपाली सेनाको व्यारेकमा निर्ममतापूर्वक हत्या गरिएका डी. काैडिण्यकाे स्मृतिमा स्थापना गरिएकाे पुरस्कार पत्रकारिता क्षेत्रमा बिशिस्ट याेगदान पुर्याउने ब्यक्तित्वहरूलाई प्रदान गरिदै आएकाे छ । प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित साेहि पुरस्कारबाट यस बर्ष झापाका दुई पत्रकारलाई सम्मान गरिएकाे हाे ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री इन्द्र बहादुर आङ्बो र डी. कौडिण्यकी धर्मपत्नी यमुना आचार्यले पुरस्कार संयुक्तरूपमा प्रदान गरेका थिए । कार्यक्रममा डी. कौडिण्यकाे ब्यक्तित्व र याेगदान बारे चर्चा गरिएकाे थियाे । डी. काैडिण्य एक कुशल शिक्षक राजनीतिज्ञ, पत्रकार र एक बिद्रोहि चेत भएकाे ब्यक्तित्व रहेकाेभन्दै उक्त कार्यक्रममा चर्चा गरिएकाे थियाे । हरेक बर्ष असार ७ गते डी. काैडिण्य स्मृति दिवसका दिन याे पुरस्कार प्रदान गरिदै आएकाे छ ।