काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भाेलि साउन ४ गते सार्वजनिक गर्ने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारिसकेको छ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरेपछि सार्वजनिक हुनेछ ।
साउन १५ गते सम्ममा मौद्रिक नीति ल्याउने भनिएकाे भएता पनि अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीचकाे छलफल पछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।
राष्ट्रबैंकले प्रत्येक आर्थिक वर्षको साउन १५ गतेभित्र मौद्रिक नीति ल्याउने गर्दछ । साेहि अनुसार यस बर्षकाे माैद्रिक नीति साउन ४ गते सार्वजनिक हुन लागेकाे हाे ।