काठमाडौं / करिव दुई बर्ष पछि नेपाल स्टक एक्सचेन्ज (नेप्से ) उच्च बिन्दुमा पुगेकाे छ । आज एकैदिन ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको छ ।
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट पुँजीबजारमा उत्साह छाएको हो । आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदा ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।
आजकाे बजारमा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ११ बटा कम्पनीकाे मूल्य ९ प्रतिशत भन्दा माथि बढेकाे छ । म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् ।