झापा । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । अहिले देशभर माैसम बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ।
मनसुन सक्रिय रहेको समय भएको हुदा पहाडि तथा तराइका क्षेत्रहरुमा बाढी र पहिरोको जोखिम कायमै रहेकोले सबैलाई सचेत रहन आग्रह गरिएको छ ।