1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

अत्यधिक पानीको बहाव पछि कोशी ब्यारेजका सबै ढोका खोलिए

12
9

सुनसरी / निरन्तर वर्षाका कारण पानीको अत्यधिक बहाव बढे संगै सप्तकोशी नदीका ५६ वटै ढोका खोलिएको छ। 

प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको छ । पानीको बहाव उच्च भएकोले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो। पानी निरन्तर परिरहेकोले पानीको बहाब अझ बढ्ने सम्भावना रहेको छ । पनि निरन्तर बढिरहेकोले नदी तटीय क्षेत्रमा सतर्क रहन जिल्ला प्रहरी कार्यालय सुनसरीले सबैलाई आग्रह गरेको छ ।

4
3