1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

एसईईकाे नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उतिर्ण

12
9

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईकाे नतिजा प्रकाशित गरेकाे छ । यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। परीक्षामा कुल सहभागी मध्ये २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी मध्ये ५२.१४ प्रतिशत ले ननग्रेड (एनजी) ल्याएको बोर्डले जनाएको छ ।

एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । जसमध्ये ४७.८६ प्रतिशत बिद्यार्थी मात्रै उतिर्ण भएका छन् ।  कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।

परीक्षाको नतिजा हेर्न बोर्डको वेबसाइड र नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ ।

4
3