सलिना भण्डारी, फिदिम,असार ९/ नेपाल राहत शिक्षक जिल्ला समिती पाँचथर पुनर्गठन भएको छ । शनिवार फिदिम स्थित फिदिम माद्यमिक विद्यालयको सभाहलमा सम्पन्न राहत शिक्षकहरुको पाँचौं जिल्ला सम्मेलनले ३१ सदस्यीय समिति चयन गरेको हो । समितिको अध्यक्षमा पुनः खेमनाथ खनाललाई चयन हुनुभएको छ । यसअघि पनि खनाल अध्यक्ष रहनुभएको थियो ।
त्यसैगरी समितिको उपाध्यक्षमा मदन सुहाङ, महिला उपाध्यक्षमा माया सुब्बा चयन हुनभएको छ । त्यस्तै सचिवमा मनबहादुर बान्तावा, सह सचिवमा नारायण खड्का, कोषाध्यक्षमा अनिता खत्री चयन हुनुभएको नव गठित समितिका सचिव मनबहादुर बान्तावाले जानकारी दिनुभयो । राहत शिक्षकलाई राज्यले विभेद गरेको भन्दै राहत शिक्षकको हक हितका लागि आफू निरन्तर लड्ने नवगठित समितिका अध्यक्ष खनालले बताउनुभयो ।