इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, वातावरणमा सम्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
स्रोतका अनुसार अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ भने सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो भने यसपल्ट पनि सोहि बराबरीमा मतदान भएको छ ।
मतदान सम्पन्न भए लगत्तै आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । मतपेटीका ससङ्कलन पछि बस्ने सर्वपक्षीय बैठकमा राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमति भएमा राति बाट नै मतगणना शुरु हुने छ ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम दुइको उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।