संकल्प सञ्चार, गाँजा खेतीको बैधानिकताको माग गर्दै नेपाल गाँजा वैधानिक महाअभियानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
अभियान टोलीका संयोजक मदन कोइरालाद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा गाँजा बैधानिक हुनुपर्ने कारणहरु लेखिएको छ । जसमा भनिएको छः आम जनताले देशमा उपलब्ध प्राकृतिक साधनको उपभोग गर्न पाउने नैसर्गिक अधिकारको संरक्षण गर्नु पर्ने, देशमा आर्थिक क्रान्तिको मार्ग प्रशस्त गर्ने कृषि पर्यटन स्वास्थ्य र उद्योग क्षेत्रको कच्चा पदार्थ एउटै गाँजाले दिने भएकोले भन्ने आदि कारणहरु प्रस्तुत गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, तत्कालै गाँजा सम्बन्धी अनुसन्धानका लागि राष्ट्रिय मान्यता प्राप्त हुने प्रयोगशाला र गैह्र हिंसाजन्य गाँजा चरेस सम्वन्धित कसुरमा बन्दि जीवन बिताइरहेका कैदिहरुलाई आममाफिको ब्यवस्था गरिनु पर्ने कुरा उल्लेख छ ।
गाँजा खेतीको बैधानिकताका विषयमा विगतका समय देखि नै आवाजहरु उठिरहेको छ । राज्यले यसका बारेमा यसका सकारात्मक र नकारात्मक प्रभावका बारेमा अध्ययन अनुसन्धान गरेर उपयुक्त निर्णय गर्नु पर्ने देखिन्छ । नेपालको हावापनि र वातावरणिय हिसावले गाँजाखेती नेपालको अर्थतन्त्रमा राम्रो टेवा पुर्याउन सक्ने सम्भावनाको क्षेत्र रहेको अभियान्ताको दावी छ । बृहत ओैषधिय गुण रहेको गाँजाको बैधानिकताका बारेमा समाजिक अभियान्ता भिम उपाध्याय लागयतका अभियान्ताहरु सार्वजनिक बहस चलाइरहेका छन् ।