बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई अभिब्यक्ति फिर्तालिन चेतावनी दिएकाे छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सी द्वारा बिज्ञप्ति जारी गर्दै सांसद शाहीलाई नेकपाका महासचिव बिप्लब बिरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न भनिएकाे छ ।
सांसद शाहिले राप्रपा पार्टी कार्यलयमा कार्यकर्ता भेटघाट सम्बन्धि एक कार्यक्रममा बिप्लबलाई पक्राउ गर्न भनी सार्वजनिक अभिब्यक्ति दिएका थिए ।