राप्रपा अध्धयक्ष राजेन्द्र लिङदेनेले सार्वजनिक कार्यक्रममा रेखा थापा वच्चा जन्माउन अमेरिका गएको भन्ने विषयमा राष्ट्रियता सँग जोडेर गरेको ब्यङ्ग्य प्रति अभिनेत्री तथा राप्रपा नेत्री रेखा थापाले सामाजिक सञ्जाल मार्फत कडा प्रश्न गरेकी छिन ।
उनी सामाजिक सञ्जालमा लेख्छिनः राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको वेलुन कोशिमा भ्वाङ परेपछि बिरालहरु खाँवो कोतर्दै छन् रे ! आफ्ना छोरा मिसनरी स्कुलमा पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नी ?
पछिल्लो पल्ट कोशि प्रदेशमा सभामुखको पद नियुक्ति पछि यस बिषयमा शुरु भएको राप्रपा भित्रको टकराव सतहमा स्पष्टै देखिन थालेको छ । राप्रपा अध्यक्षले विभिन्न राष्ट्रिय टेलिभिजनहरुमा निर्देशक समितिको निर्देशन आफुले नमान्नै अभिब्यक्ति दिएपछि राप्रपा भित्र लोहनी मिश्र समुह र लिङदेन समुह वीच सार्वजनिक रुपमानै आरोप प्रत्यारोप चलिरहेको छ ।