1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सेयर बजारमा उछाल, ५४.५४ अङ्कको बृद्धि !

12
9

माघ महिना लागे सँगै यो महिनाको पहिलो कारोवार सेयर बजारमा उछाल ल्याउँदै बृद्धि भएको छ ।

आइतबार पनि ३१.६२ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ५४.५४ अङ्कले बढेर २१७५.१७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि बढेर ८ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय ६ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा युनाइटेड मोदी, बुटवल पावर, तेह्रथुम पावर, मकरखोला हाइड्रो, एनआरएन, घलेम्दी हाइड्रो, हिमालयन पावर पार्टनर, दिव्यश्वरी हाइड्रो, दोल्ती हाइड्रो, हिमालयन रिइइन्स्योरेन्स, अप्पर तामाकोशी, ङादी पावर, सामुदायिक लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा मिडसोलु हाइड्रो, बुद्धभूमि हाइड्रो, चिरख्वा र अप्पर लोहोरेखोला हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।

4
3