1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

जनवरी १ टोपि दिवस, कहिलेबाट शुरु भयो ?

12
9

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।

सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो । त्यसो गर्दा अन्तराष्ट्रियरूपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्दछ भन्ने बुझाइ छ ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक वर्ष जनवरी १ मा विश्वव्यापीरूपमा जनसहभागिता सहित सञ्चार माध्यमहरूमा चर्चा हुने गर्दछ । बिगत केहि वर्ष देखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाल लगायत विभिन्न समुह, संस्थाहरूले देश तथा बिदेशमा नेपाली टोपी दिवसको प्रचारप्रसार सहित विविध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ ।

१ जनवरीका दिन आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाई, फोटो खिचेर आआफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ । यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।

4
3