नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सोमबार समापन हुने भएको छ । भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडाबाट अभियान शुरुवात भएको थियो ।
मंसिरको १६ गते समापन गर्ने भनिएको अभियानको समय एकमहिना थप गरिएको थियो । सबै पालिकामा जनपरिचालन सहित अभियान समापन गर्ने तयारीमा रहेको माओवादीले अभियान समापन भएपछि २२ र २३ गते समग्र समीक्षा गर्ने र औपचारिक रूपले अभियान समापन भए पनि मूल लक्ष्य प्राप्त नभएसम्म जारी रहने कुरा जनाएको छ ।
साङ्गठनिक काम, जनसेवा, उत्पादन, सामाजिक सञ्जालको परिचालन र नेता देखि कार्यकर्ता सम्मको जीवनशैली बदल्ने लगायतका कामलाइ मुल उद्देश्य वनाएको माओवादीले अभियानको शुरुवात भए पनि सन्तोषजनक रुपमा अभियान सञ्चालन हुन नसकेको कुरा स्विकारेको छ ।