शब्दबोध, ३१ साउन
पुंजी बजार विकासको लागि प्रचण्ड सरकारले ऐतिहाँसिक निर्णय लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गरेको छ ।
नियमावली स्वीकृत भए संगै अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्।
हाल आईपीओ निष्काशन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको दुई वर्ष पुग्नु पर्ने व्यवस्था छ ।
हाल निरासा छाइरहेको पुंजि वजारको सुधारका लागि चांडै महत्वपुर्ण निर्णय लिने अभिब्यक्ति दिइरहेका प्रधानमन्त्रि प्रचण्डको यो ऐतिहाँसिक शुरुवातलाई स्वागत योग्य निर्णय भन्दै ब्यवसायीहरुले लगानी कर्ताको मनोवललाई बढाउने गरि सरकारले थप नयाँ निर्णय लिने विश्वास ब्यक्त गरिरहेका छन् ।