1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

तीनवटा सवारी एकैसाथ ठोकिँदा एकजनाको मृ*त्यु,

12
9

संकल्प सञ्चार-काठमाडौंको कोटेश्वर–तीनकुने सडकमा आज बिहान तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृ*त्यु भने तीनजना घाइते भएका छन्।

मृ*त्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृ*त्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज बिहान साढे बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए।

बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घ*टनामा मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन्। घाइतेहरुको उपचार भइरहेकाे छ ।

4
3