संकल्प सञ्चार– हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ। सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका देख्न सकिन्छ।
झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन। मिलन तामाङको निर्देशनमा तयार भइरहेको उक्त फिल्मलाई तामाङ संस्कृतिलाई सेरोफेरोमा राखेर निर्णय गरिएको छ। फिल्मको प्रदर्शन मिति आगामी दसैँको फूलपातिलाई तय भइसकेको छ।
रोहित अधिकारी फिल्मसकाे व्यानर रहेको यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ। २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुने छ।
यो फिल्ममा केदारसहित युवराज लामा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेकाे छ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ।