संकल्प सञ्चार-धनुषा र बारामा सवारी साधनकाे ठक्करबाट दुई जनाको मृ*त्यु भएको छ। दुर्घ*टनामा अन्य तीन जना घाइते भएका छन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सडकमा ना.८ ख ६५२७ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका-५ बस्ने २१ वर्षीय समिर भन्ने योग कुमार बोगटीको मृ*त्यु भएको हो।
गएराति टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको जानकी मेडिकल वीरेन्द्र बजारमा उपचार भइरहेको प्रहरीले जानकारी दियाे ।
ठक्कर दिएपछि फरार भएका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आधाभार जङ्गलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृ*त्यु भएको छ।
हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको सोमबार राति मृ*त्यु प्रहरीले बताएकाे छ ।