1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

४० वर्षीया तिलमाया कक्षा ८ मा भर्ना

12
9

 संकल्प सञ्चार-गोरखाको गण्डकी गाउँपालिका–२ स्थित दलभञ्जयाङकी ४० वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन् । उनी वडा नम्बर ६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन् । 

गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार) ले विद्यालयमै पुगेर उनलाई स्वागत गरेका छन् । सात कक्षामा पढ्दा पढ्दै विवाह भएपछि उनको पढाई स्थगित भएको थियो भने, त्यसपछि उनले लामो समय पढ्न पाएकी थिइनन् । 

पढ्ने रहर हुँदाहुँदै पनि पारिवारिक जिम्मेवारीका कारणले उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन नसकेकी हुदा उनले अहिले आएर ४० वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएकी हुन् । उनका दुई छोराहरू स्नातक तहको अध्ययन गर्दै आएका छन् ।

विद्यालयका प्रधानाध्यापक भीमलाल प्रजाले पढ्न मन लागेपछि उमेर नछेक्ने भन्ने उदाहरणको रूपमा उनी रहेको बताए । पढ्न मन लाग्यो मलाई भर्ना गरिदिनुहोस् भनेर आएपछि आफूले भर्ना गरिदिएको प्रधानाध्यापक प्रजाले बताए । 

4
3