1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

बाढीपहिरोमा परी यो साता मात्रै १९२ को मृत्यु, ३० बेपत्ता

12
9

संकल्प सञ्चार । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी यो साता मात्रै १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

केहिदिन देखि परेको अविरल बर्षाका कार‌‌ण देशभर ठुलो धन जनको क्षति हुन पुग्यो । करिव सातसय भन्दा वढी सडकहरु अवरुद्ध भए भने दर्जनाै पुलहरु बगे । चाडवाडको मुखमा भएको यो प्राकृतिक विपत्तिले नेपाली जनतालाई धेरै नै मर्माहत बनायो । गृह मन्त्रालयका अनुसार यो साता मात्रै प्राकृतिक विपदमा परि १९२ ले ज्यान गुमाए भने ३० बेपत्ता र १९४ जना घाइते भएको कुरा जानकारी भएको छ ।


बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ  । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहमन्त्रालयको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

4
3