बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी भेटिएको छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी गराउँदै भने, नरैनापुर-१ मतहनियाकी ९ वर्षीया बालिका भेरी अस्पतालमा भर्ना भई जापानिज इन्सेफ्लाइटिसको संक्रमण भएको पुष्टि भएको छ।
एक हप्तासम्म आईसीयूमा उपचार गरिएको बालिकाको वर्तमान अवस्था सामान्य रहेको अस्पतालकी बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी गराइन्।
जापानिज इन्सेफ्लाइटिसबाट बच्न जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाउनु आवश्यक छ। तर, ती बालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको थियो कि छैन भन्ने कुरा स्पष्ट नभएको शाहीले बताए।
चिकित्सकहरूले बताएअनुसार, जापानिज इन्सेफ्लाइटिसका भाइरस सुँगुर र चरामा पाइन्छ, जसलाई क्युलेक्स नामक लामखुट्टेले जनावरबाट मानिसमा सर्न सक्छ। यो भाइरस मस्तिष्कलाई मुख्य रूपमा प्रभावित गर्दछ। इन्सेफ्लाइटिसको संक्रमण भएपछि ज्वरो, टाउको दुखाइ, जिउको कमजोरी, र बान्ताको लक्षण देखिन्छन्, भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी गराए।