साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ।
१३ उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूहमात्र सकारात्मक रहे। लघुवित्त उपसमूहमाको परिसूचक १.६८ प्रतिशतले वृद्धि भएको छ भने व्यापार उपसमूहमाको परिसूचक ०.१६ प्रतिशतले बढेको छ। अर्कोतर्फ, लगानी उपसमूहमाको परिसूचक १.३६ प्रतिशतले घटेको छ भने जलविद्युत उपसमूहमाको परिसूचक १ प्रतिशतले घटेको छ।
सामान्य नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.३५ अंक, फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बुधबारको लगभग १३ अर्बको कारोबारको तुलना गर्दा आज ३१६ स्टकका १ लाख १२ हजार ६९२ कारोबारमा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। नेपाल फाइनान्सको शेयरमूल्य भने ८.९१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्सले शीर्ष स्थान प्राप्त गरेको छ, जसको ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनएलजी इन्स्योरेन्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको लगभग ३० करोडको शेयर किनबेच भएको छ।