झापा / अनेरास्ववियु क्रान्तिकारी झापाको अध्यक्षमा विवेक दाहाल निर्वाचित भएका छन ।
झापाको विर्तामोडमा सम्पन्न १८ औं जिल्ला सम्मेलनबाट विवेक दाहालको अध्यक्षतामा ५१ सदसीय जिल्ला कमिटि गठन गरिएको हो । जसमा उपाध्यक्षहरु-शेखर भट्टराई ,पर्वत सुवेदी,गङ्गा सुजन दहाल , रुबेन लम्साल , एरिका थापा, नबिन पौडेल रहेका छन् भने सचिव गगन चापागाईं, सह-सचिवहरु बिरेन्द्र बस्नेत,भीष्म सम्वाहाम्फे र कोषाध्यक्ष सिस्मा गुरुङ्ग सहित ३९ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।
साथै सम्मेलनले जिल्ला इन्चार्ज र सह-ईन्चार्ज पनि टुङ्ग्याएको छ । अखिल क्रान्तिकारीको जिल्ला इन्चार्जमा प्रज्वल कडरिया चयन भएका छन् भने सह-ईन्चार्जमा नवीन सिटौला,राजन चापागाई चयन भएका छन् । कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष पञ्चा सिंहको प्रमुख आथित्यता रहेको थियो भने पुर्व अध्यक्ष रञ्जित तामाङ लगायत माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी, हरिकुमार राना, लक्ष्मी न्यौपाने, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष विजय साम्पाङ, प्रदेश सदस्यहरु भुपाल सापकोटा, रोशन कन्दङ्वा, पुरुषोत्तम चुडाल, अरुण श्रेष्ठ लगायत उपस्थित थिए साथै माओवादी पार्टिका बिभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।