आज नेपाली कांग्रेसको शीर्ष नेताहरूले आयोजना गरेको बैठक निष्कर्षमा पुग्न सकेको छैन। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आयोजित यस बैठकमा कुनै ठोस निर्णयमा पुग्न नसकिएको एक नेताले जानकारी दिए।
उक्त बैठकमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गरेका प्रतिवेदनहरूमा छलफल गरिएको थियो। प्रतिवेदनहरूमा चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका, र ‘एक्जिट पोलीसी’ जस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्।
बैठकको उद्देश्य यी प्रतिवेदनहरूको सहमति र समीक्षा गर्नु थियो, ताकि आइतबारको केन्द्रीय समिति बैठकमा यी प्रतिवेदनलाई परिमार्जन गरी पारित गर्न सकियोस्। तर, महामन्त्रीद्वयको प्रतिवेदनमाथि गरिएको छलफलका परिणामहरू निस्कर्षमा पुगेनन्, जसको कारण आइतबार पुनः बैठकको आयोजना गरिने निर्णय भएको छ।