काठमाडौं / एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत विद्युत् प्रसारण आयोजनाको एक महत्त्वपूर्ण अंश १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए-नेपालले हस्ताक्षर गरेको छ।
शुक्रबार अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए-नेपालका पदाधिकारीको उपस्थितिमा आयोजित समारोहमा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो प्रसारण लाइन १२३.६० लाख अमेरिकी डलरको हो। आयाेजना अन्तरगत तीनवटा सबस्टेसन सहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउने विश्वास लिईएकाे छ ।
चाैतर्फि जनस्तरबाट बिराेध भईरहेकाे भएतापनि याे परियाेजना नेपाल- अमेरिका संयुक्त लगानीमा एमसीसी अन्तरगतका कार्यक्रमहरू कार्यान्वयनकाे प्रक्रिया अगाडि बढिसकेकाे छ ।