1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

मुकुल ढकालको आक्रोश,  आफू होइन रवि लामिछाने पार्टी नीति विपरित लागेको आरोप !

12
9

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  केन्द्रीय समितिले दोस्रोपटक स्पष्टीकरणका लागि पत्र पठाइए पछि पार्टीका पुर्व महामन्त्री समेत रहेका मुकुल ढकालले  पत्रको जवाफ फर्काउँदै सामाजिक सञ्जाल मार्फत आक्रोस पोखेका छन् ।

उनले पत्रको जवाफ भन्दै सामाजिक सञ्जाल मार्फत एक पत्र सार्वजनिक गर्दै भनेका छन् : ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु, । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । पत्रको जवाफ भन्दै ढकालले लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र किर्तेमा संलग्न रहेको आरोप ढकालले लगाएका छन्  भने उनले  सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास  गरेरै छोड्ने उदघोष समेत गरेका छन् । 

लोकतान्त्रिक विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने भन्दै  आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने  जुन प्रयास गर्नुहुदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्  भन्दै ढकालले  आफु नभइ सभापति लामिछाने पार्टी विपरीत लागेको आरोप लगाएका छन् ।

4
3