नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि केही शर्त राख्दै यसअघिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
सञ्चार मन्त्रालयले राखेको प्रस्तावपछि यो कदम चालिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँगको बैठकमा दिएको निर्देशनमा यो प्रस्ताव आएको हो ।सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने र उपयुक्त नियमावली र नियमावलीको पालना गराउने उद्देश्य राखिएको हो ।