1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सेयर बजारमा काराेवारका हिसावले नेप्से ईतिहास मै नयाँ रेकर्ड

12
9

साउन महिनाकाे अन्तिम काराेवार दिन सेयर बजारमा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने  यो कारोबार रकम हालसम्मकै उच्च हो । आज  नेप्से ४३ अकंले बढेर ३०००.८१ बिन्दुमा कायम भएको छ । 

आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् भने  बैंक तर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन् ।

4
3