धरान / भेडेटारमा रु २० कारोड लगानीमा स्काइ वाक टावर सञ्चालनमा आएकाे छ । स्काईवाक बन्डर्स एम्युजमेन्ट पार्कस एण्ड अट्रेकसन प्रालिले निर्माण गरेको उक्त टावर साउन ११ गते देखि सञ्चालनमा आएकाे हाे ।
टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।धरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण भएकाे छ ।
याे टावर काठमाडौं पछि नेपालमा दाेस्राे स्काई वाक टावर हाे । भेडेटारकाे पर्यटन प्रवर्द्धन र विकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्ने कुराकाे विश्वास निर्माण पक्षले गरेकाे छ ।