1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

आज गुरु पुर्णिमा, यसको महिमा के छ !

12
9

झापा / आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ ।

आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो । व्यास ऋषि चारै बेदहरुको व्याख्याता हुन् । उनले वेदको ज्ञान प्रदान गरेका थिए । यिनै बेदका रचियता एव व्याख्याताको आदिगुरु ब्यास ऋषिको अंश स्वरूप आफ्ना गुरुहरुलाई मान्दै गुरु पुर्णिमाका दिन पुजा एव दान –दक्षिणा प्रदान गर्ने गरिन्छ । यस दिन गुरुको नामबाट दान-पुण्य गर्ने प्रचलन पनि छ । मनु स्मृतिका अनुसार, केवल वेदहरुको शिक्षा दिने मात्र गुरु हुदैनन । जीवनमा जसले सहि मार्गदर्शन गर्दछन् उ जो कोहि भए पनि उसलाई गुरु समान सम्झनु पर्दछ ।

4
3