काठमाडौं । सेयर बजारमा आज उत्साहजनक काराेबार भएकाे छ । नेप्से ५९.६८ अंकले बढ्दा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार रकम ३५ महिना यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो । बजार वृद्धि सँगै नेप्से २४२४ अंकमा कायम भएको छ । आज ५ ओटा कम्पनिले सकारात्मक सर्किट हानेका छन् भने बैङ्किङ समूह सबै भन्दा बढि ६.२८ प्रतिशत बढेकाे छ । हाईड्राेपावर र फाईनान्समा भने थाेरै करेक्सन आएकाे छ ।