झापा : बर्षा याममा मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छ सक्छन् । अत्यधिक वर्षा सँगै पानीका मुहानहरू दुषित हुने, बाध्यात्मक कारणले दुषित पानी पिउनु पर्ने अवस्थाहरू पनि आउन सक्छ । जसका कारण मानव स्वास्थ्यलाई गम्भीर असर पुग्ने स्वास्थ्य समस्याहरू निम्तिन सक्ने खतरा रहन्छ ।
बर्षाकाे समयमा बिभिद स्वास्थ्य समस्या आउन सक्ने भएकाेले ब्यक्तिगत स्वास्थमा धेरैनै ख्याल गर्नु पर्ने हुन्छ । स्वस्थ र ताजा खाना , प्रसस्त मात्रामा फलफुल जुस र पानी पिउनु उपयुक्त हुन्छ । विशेष गरेर याे समयमा आउन सक्ने समस्याहरूमा हैजा, झाडा–पखाला, फुड पोइजन, ज्वरो, डेंगु,स्क्रब टाइफस जस्ता समस्या देखा पर्न सक्ने सम्भावना बढी हुन्छ । याे सँगसँगै तराईका क्षेत्रहरूमा बिषालु सर्पकाे टाेकाईबाट पनि धेरै मानिसहरू प्रभावित हुने गरेको पाइन्छ ।
हैंजा, झाडापखाला
बर्सेनि हजारौंको सैख्यामा मानिसहरू प्रभावित हुने हैजा, झाडापखाला, फुडपाेईजन लगायतका समस्याहरूबाट बच्ने ब्यक्ति आफै सचेत हुन जरुरी हुन्छ जसकालागि उमालेको वा निर्मलीकरण गरेको पानी मात्रै पिउने,साबुन–पानीले हात पटक–पटक धुने,खाना खानुभन्दा पहिला अनिवार्य हात धुने,व्यक्तिगत सरसफाइमा ध्यान दिने आदि उपायहरू अपनाउनु उपयुुक्त हुन्छ ।
डेंगु
त्यसैगरी नेपालका बर्षाकाे समयमा महामारीको रूपमा संक्रमण फैलिने राेग डेंगु पनि हाे । जुन लामखुट्टेकाे टाेकाईबाट एक ब्यक्ति देखि अर्काे ब्यक्तिमा संक्रमित हुने गर्छ । जसकालागि घरको वरिपरि पानी जम्न नदिने,पूरै शरीर ढाक्ने कपडा लगाउने,घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने,लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने,झ्याल ढोका बन्द राख्ने,आफ्नो वरिपरिको वातावरण सरसफाइ गर्ने आदि उपायहरू अपनाउन सकिन्छ ।
स्क्रबटाईफस
बर्खा याममा देखिने किटजन्य रोगमध्ये स्क्रब टाइफस पनि एक हो । यो रोग ‘ओरेन्सिया सुसुगामोसी’ नामक सङ्क्रमित किर्नाले टोकेपछि लाग्ने गर्छ । सो किर्ना प्रायः मुसा वा अन्य जीवजन्तुको शरीरमा बस्ने गर्दछ । जसकाे टाेकाईले ज्वरो आउने,शरीरमा रातो बिमिरा आउने,शरीर दुख्ने जस्ता लक्षण देखिन्छ । जसबाट जाेगिन झाडी वा बारीमा जथाभावी नबस्ने,नाङ्गो खुट्टाले नटेक्ने,घरवरपर सफा राख्ने,खेतबारी जाँदा पन्जा प्रयोग गर्ने,शरीर ढाक्ने लामो कपडा लगाउने लगायत सतर्कता अपनाउनु पर्ने हुन्छ ।
सर्पदंश
विशेष गरि तराईका क्षेत्रमा बढि भित्री पहाडी क्षेत्रका केही क्षेत्रमा देखिने अर्काे समस्या सर्पदंश हाे । सर्पकाे टाेकाईबाट वच्न राति सुत्ने बेला झुल लगाउने, सुत्नु अगाडि ओछ्यान टकटक्याउने,भुइँमा नसुत्ने,राति बाहिर जाँदा बत्ती बालेर जाने,झाडीमा हिँड्नु वा घाँस काट्नु पर्यो भने केही न केही आवाज दिने,घर वरिपरि सरसफाइ राख्ने,कुखुराको खोरहरूलाई घरबाट केहि टाढा राख्ने,कुखुरा परेवा लगायत पञ्छिजन्य घरपालुवा जीवजन्तुकाे खोरमा नहेरी हात नलगाउने, जुत्ता लगाउनु अगि टकटक्याएर लगाउने,कुना काप्चामा हेरेरमात्रै हात हाल्ने ।
मानिसकाे लागि स्वास्थ्य नै पहिलाे धन हाे । मानिस स्वस्थ्य भए सबै कुरा गर्न सक्ने सम्भावना रहन्छ । यदि अस्वस्थ भयाे भने उसका जीवनका आर्थिक, सामाजिक, पारिवारिक सबै कामहरूलाई यसले प्रभावित पार्ने हुन्छ । त्यसैले स्वस्थ रहन प्रयत्न गर्नु हाम्राे पहिलाे कर्तब्य हाे ।