1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

राष्ट्रिय धान दिवसमा माओवादी केन्द्र मेचीनगरले काेदालाे वितरण गर्ने

12
9

मेचिनगर झापा/ असार १५ अर्थात राष्ट्रिय धान दिवसकाे दिन माओवादी केन्द्र मेचीनगर झापाले किसानलाई काेदालाे वितरण गर्ने भएकाे छ । कृषकलाई अत्यावश्यकीय कृषि ओैजारकाे रूपमा रहेकाे काेदालाे ( फरूवा) वितरण गरेर माओवादी केन्द्र मेचिनगरले जनतामा जाने नयाँ रचनात्मक कार्यकाे थालनी गरेकाे माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमाेरियाले बताएका छन् । 

मेचीनगर क्षेत्रका ७५ जना विपन्न किसानहरूलाई उक्त कृषि ओैजार वितरण गर्ने कार्यक्रम मेचिनगरका तीन स्थानमा राखिएकाे चिमाेरियाले जानकारी दिए । वडा नं. ९ देखि क्रमश: १४ सम्मका किसानलाई वडा नं. १४ काे धाईजन माेडमा विहान ११ बजे,  वडा नं १ देखि ४ सम्मका किसानलाई १ बजे भृकुटि चाेक र वडा नं ५,६,७,८ र १५ नं वडाका किसानलाई ३ बजे ईटाभट्टा स्थित माओवादी पार्टी कार्यालयमा सामग्री वितरणकाे कार्यक्रम राखिएकाे छ । 

मेचिनगर माओवादी केन्द्रका अध्यक्ष राजन चिमाेरिया कै नेतृत्वमा यस अघि पनि जनतालाई प्रत्यक्ष सहयाेग पुग्ने थुप्रै रचनात्मक कामहरू भईसकेका छन् । रित्तिका डेरी उद्योगका संचालक समेत रहेका चिमाेरियाले विपन्न जनतालाई करिव ६७ परिवारकाे स्वास्थ्य विमा गरिदिएका छन् भने सहिद परिवारलाई गाई हस्तान्तरण, एकल महिला परिवारमा वालिका संरक्षण काेष स्थापना गरि ५५ हजार बरावरकाे अक्षयकाेष जम्मा, आगलागी पिडित, मुटु राेगी, क्यान्सर राेगीलाई सहयाेग, विपन्न जनतालाई झुल वितरण,  रक्तदान कार्यक्रमहरूमा जुस फलफुल वितरण, बृद्धबृद्धाहरूलाई न्यानाे कपडा वितरण, खाद्यान्न वितरण लगायत दर्जनाै सामाजिक सेवामुलक कामहरू गरेर जनतामा सकारात्मक प्रभाव छरिसकेका छन् । चिमाेरियाले आफ्नाे र परिवारका सदस्यकाे जन्मदिन र बैबाहिक बर्षगाँठकाे अवसरमा विगत २१ बर्षदेखि यस्तै उदाहरणीय सामाजिक सेवामुलक काम गर्दै आएकाे  स्थानिय जानकारहरू बताउछन् । 

4
3