इलाम। ईलाम २काे उपनिर्वाचनकाे विजय जुलुसमा सहभागीहरू बाेकेर फर्किंदै गरेको पिकअप दुर्घटना हुदा १९ जना घाईते भएका छन् जसमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
ईलाम बजारकाे विजयसभाका सहभागीलाई लिएर गएको को २ च ४४७ नम्बरको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ दुर्घटना भएको थियो । सामान्य घाइतेलाई उपचारकालागि इलाम अस्पताल ल्याइएको छ भने चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्री प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा इलाम इलाम नगरपालिका ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल ६२ वर्षीय रामचन्द्र खनाल, ४२ वर्षीय राधिका खनाल, ६६ वर्षीय नेखनाथ खनाल त्यस्तै गरि वर्ष ३६ की दुर्गादेवी घिमिरे, वर्ष ३८ की दीक्षा आचार्य, ४८ को कृष्ण घिमिरे, वर्ष ३५ की लीलादेवी चापागाई बर्ष ६६ को नगप्रसाद तिवारी, वर्ष ६८ को वासुदेव खनाल, बर्ष १५ की अन्जु बजगाई, वर्ष २० की निरुता ढकाल, बर्ष ५० को प्रकाश सोङ्मी, वर्ष ५३ को वेदप्रसाद रिजाल, वर्ष ७५ की लक्ष्मि आचार्य, वर्ष ५७ को सूर्यप्रसाद दुलाल, वर्ष ५० की लक्ष्मी दुलाल, बर्ष २० की प्रति ढुङ्गाना र सन्दकपुर गा।पा १ बस्ने वर्ष ४० को रमेश राई रहेका छन् । राई बाहेक अन्य घाईते ईलाम नगरपालिक ५ का बासिन्दा रहेका छन् ।
गम्भीर घाईते भएका लीलादेवी चापागाई, बासुदेव खनाल र सुर्य प्रसाद दुलाललाई झापा स्थित बिर्ता सिटि हस्पिटल रेफर गरिएकाे प्रहरीले जनाएकाे छ ।