1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

अन्तिम समयमा नेप्सेमा अस्वभाविक बृद्धि, १४.५७ अङ्कले बढ्यो सेयरबजार !

12
9

अन्तिम समयमा नेप्से १४‌.५७ अङ्कले बृद्धि भएर बन्द भएको छ । नेपाल टेलिकमको सेयरमा सर्किट लागेसँगै सोमबार सेयरबजारमा अस्वाभाविक बृद्धि भएको हो।

आइतबार ५.३१ अङ्कले घटेर बन्द भएको सेयरबजार आज भने १४.५७ अङ्कले घटेर २०७६.२७ विन्दुमा पुगेको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा नेपाल टेलिकम, पिपल्स पावर, जोशी हाइड्रो र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा स्वाभिमान लघुवित्त र विशाल बजार कम्पनी रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य समूहको उपसूचक सर्वाधिक ४.६८ प्रतिशतले बढ्दा विकास बैंक ०.६५ र हाइड्रोपावर उपसूचक ०.५३ प्रतिशतले बढे । आज ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक ०.४१ प्रतिशतले घट्दा उत्पादन समूहको उपसूचक ०.१ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.२० प्रतिशतले घटे ।

4
3