1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

ईलाममा एक्लो छोराको हत्या गरे आफ्नै बाबुले

12
9

इलामको माई नगरपालिकामा गएराति बाबुले आफ्नै छोराको खुकुरी प्रहार गरि हत्या गरेका छन् । 

माई नगरपालिका–६ को बिहीबारेका दिलकुमार राईले १८ वर्षका आफ्ना छोरा जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिराका कारण भएको घरायसी विवादमा साँझ ७ बजे दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका जीवनलाई तत्काल उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएको थियो । उपचारक्रममा उनको राति मृत्यु भएको प्रहरीले जनाएको छ । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययनरत थिए ।

३६ वर्षे दिलकुमारलाई साँझ नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

4
3