1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

आज राति अत्यधिक उल्का वर्षा हुँदै !

12
9

 आज राति ११ : ३० बजेदेखि अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ ।

उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ ।

अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

4
3