समाजसेवी इशा गुरुङले हिजो शुक्रवार प्रहरीको गाेलि लागि मारिएका दुवै पिडित परिवारलाइ रू १/१ लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ !
उहाँ आफ्नो फेसवुक वालमा लेख्नुहुन्छ : “हिजो गोली हानी मारिएका यी २ युबा भाइहरूको परिवार लाइ केहि राहात होस भनी रू १/१ लाख सहयोग गर्नेछु”
उहाँले लामो समए देखि निस्वार्थ समाज सेवा सङ्गै हजारौ गरिव दुखी असहाय र पिडितहरुको लागि सहयोग गर्दै आउनु भएको छ ।
देश तथा विदेशमा अप्ठ्यारोमा परेका मानिस देखि वाढी पहिरो भुकम्प बिभिन्न कारणले विपतमा परेका जटिल रोगका कारण उपचारको अभावमा तड्पिरहेकाहरुको मलम पट्टि लगाउने समाजसेवी र सहयोगिको रुपमा उहाँ विश्वभरका नेपाली वीच परिचित एक ब्यक्तित्व हो इशा गुरुङ्ग । बेलायतमा श्रम गरेर कमाएको पैसा नेपालमा सहयोग र सेवा क्षेत्रमा खर्च गरेर रमाउने मनकारी राष्ट्र प्रेमी नाम हो इशा गुरुङ्ग ।