1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

वाइसिएल अध्यक्षको प्रश्न, श्रीमान् फैसला गर्नु अगि आमनागरिकलाई सोच्नुभएको छ ?

12
9

संकल्प सञ्चार । माओवादी निकट युवा संगठन वाइसिएलका अध्यक्ष सुवोधराज शेर्पालीले अनुसन्धानकालागि पक्राउ परेका ब्यक्तिहरु दुइदिन नवित्दै छोडिएको भन्दै न्यायधिसलाइ प्रश्न गरेका छन् ।

गरीवको फायल बर्षाै हेर्न नभ्याउनेमा राख्ने अदालतले प्रहरीको लामो अनुसन्धान पछि पक्राउ परेका ब्यक्तिहरु दुइदिन भन्दा वढी नराख्नु भन्ने न्यायधिसले न्याय सम्पादन सहि गर्छन भन्ने कुरामा संका रहेको भन्दै उनले प्रश्न गरेका छन् ।

उनि समाजिक सञ्जालमा लेख्छन्ः

“गलत गरेको तथ्य प्रमाण सहित नेपाल प्रहरी सिआइबीले तीन महिना लगाएर पक्राउ गरेको व्यक्तिलाई दुइ दिनभन्दा बढी अनुसन्धान नगर्नु थुनामा नराख्नु भन्ने आदेश दिने मा. न्यायाधीशबारे तपाइको अभिमत के छ ? यस्तो गैरजिम्मेवार किसिमको व्यक्तिबाट न्याय सम्पादन सहि हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने ? गरीबका फाइल बर्षौदेखी हेर्न नभ्याउनेमा राख्ने माननीय न्यायाधीश ज्युहरूको चाला देखेर मलाई त अचम्मै लाग्यो यस्ता पनि न्यायाधीश रहेछन् देशमा भनेर । यसरी न्याय सम्पादन हुँदै जाने हो भने जनताले सहि र गलतको फैसाला सडकमै गर्ने दिन नआउला श्रीमान ? इतिहासमै सबैभन्दा राम्रो काम गरिरहेको बर्तमान सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर तपाइहरुको गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने ? फैसला गर्नुअघी आम नागरिकका बारेमा कहिले सोच्ने कहिले फैसला गर्ने ? जनताको आक्रोशको ज्वाला निभाउनेबारे सोच्ने कि अझ दन्किरहेको आगोमा घ्यु थप्ने काम न्यायको तराजुमा बसेका न्यायाधीशहरूले गर्ने ? श्रीमान बेलैमा सोच्नुहोस दिन निर्धारण गरेर अनुसन्धान प्रभावित गर्ने तपाइहरूको उक्ति पूर्णरूपमा गलत छ ।”

4
3