1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

५७ प्रतिशत मतदाताको उपस्थिती सहित इलाम २ को निर्वाचन शान्तिपू‌र्ण रुपमा सम्पन्न !

इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, वातावरणमा सम्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । स्रोतका अनुसार अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ भने सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। एक […]

आजबाट कक्षा १२ को परीक्षा शुरु !

आजबाट देशभर एकैसाथ कक्षा १२ को परीक्षा शुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ । परीक्षा बाेर्डका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ […]

घट्यो सुनचाँदीको मुल्य, आजको मुल्य कति ?

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार […]

सिन्धुपाल्चोकमा जन्ति बाेकेकाे बस दुर्घटना !

संकल्प सञ्चार/ सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट १०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता निरन्जन भट्टराईले जानकारी दिए। ५५ जना सवार बसमा […]

त्रिशुली ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँच जनाकाे परिचय खुल्याे !

त्रिशुलीमा ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको […]

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर देशभरकै उत्कृष्ट !

संकल्प सञ्चार । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ नगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने […]

नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुदै !

संकल्प सञ्चार । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् साथै समग्र पार्टीको साङ्गठनिक […]

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक विदा

संकल्प सञ्चार – आज प्रजातन्त्र दिवस देशभर विभिद कार्यक्रम गरि मनाइदै छ । सरकारले आज देशभर सार्बजनिक बिदा दिएको छ २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित जनताको ससक्त आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । १०४ वर्षे लामो […]

दोहोरो अङ्कले घट्यो सेयर बजार !

आइतबार सेयरबजार दोहोरो अङ्कले घटेको छ । गत बिहीबार १४.४६ अङ्कले घटेको सेयरबजार आज भने २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार […]

बुढाथोकिको शोक प्रस्ताव पास गर्न कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै !

संकल्प सञ्चार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएकोले उनको शोक प्रस्ताव पारित गर्न  आकस्मिक बैठक बोलाइएको हो । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् […]