1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

युरिक एसिडका बिरामीले खान मिल्ने र नमिल्ने खानेकुराहरु !

12
9

संकल्प सञ्चार, चिसो माैशम बढे सँगै मानिसहरुमा देखिने एउटा समस्या हो युरिक एसिड । मानव शरीरमा पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । जाडोयाममा धेरै देखिने यो रोगले वृद्ध उमेरका व्यक्तिलाई बढी सताउँछ ।

यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ । राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । स-साना जोर्नी दुखाइबाट सुरु हुने युरिक एसिड बढ्दै जाँदा दैनिक जीवन नै कष्टकर बन्न सक्छ र सामान्य हिंडडुलमा पनि समस्या हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढी भएपछि हुने यो एक जटिल र दीर्घरोग पनि हो ।

युरिक एसिडका विरामीले के खाने के खान नहुने एकदमै ख्याल गर्नु पर्ने हुन्छ ।

कस्तो खानेकुरा खान हुदैन ?

युरिक एसिड भएकाले रातो मासु (राँगो, खसी, भेडा, सुगुरको मासु) र अल्कोहल पूर्ण रुपमा खान बन्द गर्नुपर्छ । रातो मासु र मदिराले शरीरमा युरिक एसिडको मात्रा बढाउनुका साथै शरीरमा बनेको युरिक एसिडलाई पिसाबको माध्यमबाट निस्कन अवरोध पुर्‍याउँछ । खानामा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिडको समस्या देखा पर्छ । प्रोटिन धेरै भएका खानेकुरा खाँदा सन्तुलन मिलाएर खानुपर्ने हुन्छ । अमिलो खानेकुरा, जंकफुड र प्याकेट फुडबाट टाढा रहनुपर्छ । यस्तै तामा, लामो समय सीसीमा खाँदेर राखिएको अचार (गुन्द्रुक, सिन्की) युरिक एसिड भएको व्यक्तिले खानु हुँदैन । यस्ता खानेकुराले दुखाइ बढाउँछ ।

चना, भटमास, राज्मा टुसा उम्रेका गेडागुडी अत्यधिक गुलिया फलफूल र परिकार आँप, अंगुर,गुलियो मिठाई, बजारमा उपलब्ध पेयपदार्थ,अल्कोहलिक पेयपदार्थ, बियर, ह्विस्की काउली, ब्रोकाउली, कुरिलो पालुंगो,च्याउ, टमाटर आदि खनेकुराहरु खानु हुदैन ।

के के खान मिल्छ  

युरिक एसिड हुँदा पानीको मात्रा बढी हुने खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । युरिक एसिड पिसाबको माध्यमबाट पनि बाहिर निस्किने भएकाले काँक्रो, खर्बुजा, दूध, फलफूल, हरियो तरकारी, दही, कफी, ग्रिन टी, सलादजस्ता पानीको मात्रा धेरै हुने खानेकुरा फाइदाजनक हुन्छ ।

त्यसैगरी युरिक एसिडको समस्या भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खानाका साथै दैनिक पसिना आउने गरी शारीरिक व्यायाम पनि गर्नुपर्छ । माटोपनको कारणले पनि शरिरमा युरिक एसिड बढाउँछ । युरिक एसिडका बिरामीले दुग्धजन्य पदार्थ अमिलो कागती, ग्रिन टी, कफीको पनि प्रयोग गर्दा कुनै फरक पर्दैन । किनभने, यस्ता पदार्थले युरिक एसिड घटाउन सहयोगी भूमिका खेल्छ ।

4
3