काठमाडौं / नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन भएका छन् । १० औं राष्ट्रिय महाधिवेशनले बिहीवार अध्यक्षमा नेपाल तथा महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन गरेकाे हाे ।
त्यसैगरी सम्मानित नेतामा झलनाथ खनाललाई नै दोहोर्याएको छ । यी तीन पद सर्वसम्मतिबाट टुंगिएकाे छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लाग्न भने बाँकी छ । पदाधिकारीको टुंगो सचिवालयले लगाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीकाे २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ । २०७८ भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी याे पार्टी निर्माण गरेकाे थियाे ।