झापा/ आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा रहेको छापावाला सुनको भाउ आइतबार घटेर १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला १३ सय रुपैयाँले घटेर अहिले एक लाख ४५ हजार ५ सय रुपैयाँमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८१० रुपैयाँमा स्थिर भएको छ । यो अघिल्लो दिनको प्रतितोला रु १,८३० को तुलनामा घटेको हो ।