जिल्ला न्यायाधिश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् ।
आइतबार दिउँसो गिरीले सर्वोच्च अदालतको गेट बाहिर आफुमाथि मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन् ।
जिल्ला न्यायाधीश समेत रहेका श्रीमान भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी आरतीले सर्वोच्च अदालतमा आत्मदाहकोा प्रयास गरेकी उनलाई तत्कालै प्रहरीले रोकेका हुन् ।
बलात्कार मुद्दामा पक्राउ परेका न्यायाधिश गिरी २ लाख ७५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए । आरतीले भुवनलाई थुनामा राख्न माग गर्दै आएकी छन् ।