संकल्प सञ्चार-धनकुटामा बस दुर्घ*टना हुँदा १४ जना घाइते भएका छन्। धनकुटा नगरपालिका वडा नम्बर- ६ गोलाई नजिकै आज बिहान बस दुर्घ*टना भएको छ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सडकबाट खसेर ५० मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएकाे हाे।
दुर्घ*टनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ, भने अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको हो। उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरेकाे छ। घाइतेलाई जिल्ला अस्पताल धनकुटा पठाइएको छ।
दुर्घ*टनाका सम्बन्धमा थप विवरण सङ्कलन र अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ।