संकल्प सञ्चार-सांसद रामकृष्ण यादवले सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
यस वर्ष २०८२ वैशाख २३ गते सीता महोत्सव परेको छ । ‘नेपाललाई सीताको देश भनेर चिनिन्छ। सीता माता नेपालकी सुपुत्री हुन्।
धैर्य र सहनशीलताको प्रतिमूर्ति हुन्। सनातन धर्मावलम्बीको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि वैशाख २३ गते हो। यसैले महोत्सवका दिन सार्वजनिक बिदा दिन नेपाल सरकार गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ यादवको भनाइ रहेकाे छ ।